नेप्सेमा दोहोरो अंकको गिरावट, दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट
७ वैशाख, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से परिसूचक १६.६८ अंकले घटेर २७०६.०४ विन्दुमा झरेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन ३२८ स्टकको ७४ हजार ४५ पटकको कारोबारमा ८ अर्ब ४३ करोड ३५ लाख ८९ हजार रुपैयाँबराबरको २ करोड १३ लाख २३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
यस दिन दुई कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। आज हिमालयन पावर पार्टनरकाे सेयरमूल्य सर्वाधिक ७.३३ प्रतिशत घटेकाे छ। कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ।
प्रकाशित मिति : 15:31









