ओशियाना नेपाली स्पोर्टस मिटको क्रिकेटको उपाधी यस बर्ष पनि जित्यो एन्काले
अष्ट्रेलिया । ओशियाना नेपाली स्पोर्टस मिट, पर्थमामा जारी क्रिकेट तर्फको खेलमा विजेताको उपाधी साउथ अष्ट्रेलियाको एन्काले हासिल गरेको छ । आइतवार सम्पन्न क्रिकेट फाईनलमा साउथ अष्ट्रेलियाको प्रतिनिधित्व गर्दै सहभागी एडिलेड नेप्लिज क्रिकेट एशोशियसनको एन्का किङ्सले न्यु साउथ वेल्सलाई प्रतिनिधित्व गर्ने क्यापेला न्यु साउथ वेल्सको टिम माथी २१ रनको विजय हासिल गर्दै गत वर्ष जितेको उपाधी यस बर्ष पनि रक्षा गर्न सफल भएको छ ।
पहिले ब्याटिङ गर्दै एन्का किंग्सले २० ओभरको खेलमा ६ उइकेटको क्षतिमा १५५ रन बनाएको थियो । जसमा कप्तान सुनम गौतमले ६२ वलमा १३ चौका, १ छक्का गरि ९४ रन बनाएर प्लेर अफ द म्याच समेत भएका छन् । त्यसै गरी सुवास खकुरेल १६ बलमा १३ रन, गोविन्द कार्की १९ बलमा १५, संजय खत्री १० बलमा १० रन, मनिस खकुरेल ९ बलमा ५ रन, सुसन भारीले ४ बलमा नट आउट ९ रन बनाएका थिए ।
भने क्यापेला न्यु साउथ वेल्सले निर्धारित २० ओभरको खेलमा ८ उईकेटको क्षतिमा १३४ रन मात्र बनाउन सफल भएको थियो ।
एन्काका बलहरु दिपक क्षेत्री र विकेट, उप कप्तान अनिल खरेलले ३-३ र संजय खत्रीले १विकेट लिएका थिए । जसमा दिपक क्षेत्रीले क्यापेला न्यु साउथ वेल्सका दुई खेलाडीलाई डक आउट गरेका थिए ।
उता क्यापेला न्यु साउथ वेल्सका सुवाश साहले ४१ बलमा ६४ रन, आकाश पाठकले १४ बलमा १८ रन, शिशिर थापाले १५ बलमा ११ रन, आयुस जंग थापा १० बलमा १० रन, पियुस गौतम ५ बलमा २ रन बनाएका थिए । भने अनुप ओलीले ३, पियुस गौतमले २ र क्षितिज बस्नेतले १ उइकेट लिएका थिए ।
प्रकाशित मिति : ७ बैशाख २०८२, आईतवार १५:३०