३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

लाभांश पारित गर्न सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बोलायो साधारण सभा

७ वैशाख, काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले वार्षिक साधारण सभा बोलाएको छ । लाभांश वितरणको प्रस्ताव पारित गर्न कम्पनीले साधारण सभा बोलाएको हो ।

कम्पनीको वैशाख ४ गते बसेको सञ्चालक समितिको बैठकले वैशाख २८ गते  काठमाडौंको ज्ञानेश्वरमा रहेको रानीमहल ब्याङक्वेटमा बिहान १० बजे २८ औं वार्षिक आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित १५ प्रतिशत नगद लाभांश९करसहित० वितरणको प्रस्ताव पारित गरिनेछ ।

साथै, सभामा आर्थिक वर्ष २०८०र८१ को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल, लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्नेलगायतका प्रस्ताव पारित गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले वैशाख १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ वैशाख १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै लाभांश पाउन र सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आईतवार १५:०८