२ जेष्ठ २०८२, बिहीबार | Thu May 15 2025

राजेन्द्र लिङ्देनसहित राप्रपा नेताहरु सिंहदरबारबाट पक्राउ

७ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले सिंहदरबारबाट लिङ्देनसहित  बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायत पक्राउ पर्नुभएको हाे ।

प्रदर्शनमा निस्किनु अघि राप्रपाका सांसदहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेला भएका थिए। लिङ्देनसहितका नेताहरूले सिंहदरबारभित्रै पर्चा र पम्प्लेटसहित प्रदर्शन गर्ने प्रयास गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । उहाँहरूले निषेधित क्षेत्र तोड्ने कार्यक्रम राखेका थिए। राप्रपाका कार्यकर्ताहरू बानेश्वरस्थित निषेधित क्षेत्र अगाडि प्रदर्शन गरिरहेका छन्।

प्रकाशित मिति : ७ बैशाख २०८२, आईतवार १४:३९