मुक्तिनाथ विकास बैंकको नाफा घट्यो, कस्तो छ अन्य वित्तीय अवस्था ?
७ वैशाख, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले ७२ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको तुलनामा १६.८६ प्रतिशतले थोरै हो । गत वर्षको सोही अवधिमा बैंकले ८७ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यो अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी ४.९७ प्रतिशतले बढेर ३ अर्ब २८ करोड रुपैयाँ कायम भएको छ । तेस्रो त्रैमाससम्ममा बैंकको सञ्चालन नाफा भने १८ प्रतिशतले घटेको छ । गत वर्ष १ अर्ब २६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको बैंकको यो त्रैमासमा घटेर १ अर्ब ३ करोड रुपैयाँमा पुगेको छ ।
समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ६१ करोड ९५ लाख रहेको छ । बैंकको चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ जम्मा रहेको छ । समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ७९ पैसाले घटेर १३ रुपैयाँ ७१ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ३ पैसा रहेको छ ।
प्रकाशित मिति : ७ बैशाख २०८२, आईतवार १४:१४