२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025

सानिमा बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

७ वैशाख, काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ६५ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.८० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४३ करोड ९४ लाख खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.५२ प्रतिशतले घटेर ४ अर्ब २८ करोड २८ लाख ६१ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ५८ करोड रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो ।

त्यस्तै, यो अवधिमा बैंकको सञ्चालन नाफा ९.१२ प्रतिशतले बढेर २ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको सञ्चालन नाफा २ अर्ब ६ करोड रुपैयाँ थियो । बैंकको वितरणयोग्य नाफा २ अर्ब १९ करोड ८५ लाख रुपैयाँ रहेको छ ।

चैत्र मसान्तसम्म चुक्ता पुँजी १३ अर्ब ५८ करोड रुपैयाँ छ । प्रतिशेयर आम्दानी २ रुपैयाँ ०६ पैसाले बढेर १६ रुपैयाँ ३३ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ३२ पैसा छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आईतवार १३:२९