सिद्धार्थ बैंकको नाफा १ अर्ब ६६ करोड, विरणयोग्य नाफा कति ?
७ वैशाख, काठमाडौं । सिद्धार्थ बैंकले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ६६ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२ प्रतिशतले घटेको हो ।गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६८ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यो अवधिमा बैंकको सञ्चालन नाफा २.४० प्रतिशतले घटेर २ अर्ब ३८ करोड रुपैयाँ कायम भएको छ । समीक्षा अवधिमा बैंकको विरणयोग्य नाफा १८ करोड ८४ रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको सञ्चालन नाफा २.४० प्रतिशतले घटेर २ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।
हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा १८ करोड रुपैयाँ र रिजर्भ कोषमा १४ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८९ पैसा, प्रतिसेयर नेटवर्थ २०७ रुपैयाँ ४८ पैसा रहेको छ ।
प्रकाशित मिति : ७ बैशाख २०८२, आईतवार १२:४३