१०१.४८ प्रतिशतले बढ्यो ज्योति विकास बैंकको नाफा, वितरणयोग्य नाफा ऋणात्मक
७ वैशाख, काठमाडौं । ज्योति विकास बैंकले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ३० करोड ६६ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०१.४८ प्रतिशतले बढी हो । गत आथिर्क वर्षको सोही अवधिमा बैंकले १५ करोड २४ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.१९ प्रतिशत घटेर १ अर्ब ५८ करोड ४१ लाख ३९ हजार रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ७० करोड ६८ लाख ५९ हजार रुपैयाँ रहेको थियो ।
बैंकको वितरणयोग्य नाफा ५६ करोड ८७ लाख ७६ हजार रुपैयाँ ऋणात्मक छ । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ छ । बैंकको जगेडाकोषमा २ अर्ब ८५ करोड ३ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ९.३० रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५१.९० रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : ७ बैशाख २०८२, आईतवार १२:२८