महालक्ष्मी विकास बैंकको नाफा ४३ करोड ६५ लाख
७ वैशाख, काठमाडौं । महालक्ष्मी विकास बैंकले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ४३ करोड ६५ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.८७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३७ करोड ३५ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.७८ प्रतिशतले बढेर १ अर्ब ५३ करोड ६४ लाख २४ हजार रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४८ करोड ४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
यस्तै, समिक्षा अवधिसम्ममा बैंकले ६२ करोड ८१ लाख ७९ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । बैंकको वितरणयोग्य नाफा १६ करोड ३४ लाख ८५ हजार रुपैयाँ छ । बैंकले तेस्रो त्रैमासमा ५.०७ प्रतिशत लाभांश दिन सक्ने क्षमता रहेको छ । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६४ लाख रुपैयाँ र जगेडाकोषमा २ अर्ब ५८ करोड १ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) १३.५५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १६३.८६ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : ७ बैशाख २०८२, आईतवार १२:०३