७४.३३ प्रतिशतले घट्यो हिमालयन बैंकको नाफा, कस्तो छ अन्य सूचकको अवस्था ?
७ वैशाख, काठमाडौं । हिमालयन बैंकले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ५० करोड रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ७४.३३ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले एक अर्ब ९४ करोड रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिसम्म बैंकले ७ अर्ब ७५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ८.०८ प्रतिशतले थोरै हो । गत वर्षको सोही अवधिमा बैंकले ८ अर्ब ४३ करोड रुपैयाँ खुद ब्याज आम्दानीगरेको थियो ।
यो अवधिसम्ममा बैंकको सञ्चालन नाफा ८.३१ प्रतिशतले बढेर ३ अर्ब ८१ करोड पुगेको छ । तेस्रो त्रैमाससम्ममा बैंकको वितरणयोग्य नाफा ७ अर्ब ३६ करोड रुपैयाँ ऋणात्मक छ ।
हाल यस बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । बैंकको जगेडाकोषमा २२ अर्ब ८३ करोड रुपैयाँ जम्मा रहेको छ । समीक्षा अवधिसम्ममा बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९१ पैसाले घटेर ३ रुपैयाँ ०८ पैसामा पुगेको छ । यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ४४ पैसा रहेको छ ।
प्रकाशित मिति : ७ बैशाख २०८२, आईतवार ११:४३