२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025

एभरेष्ट बैंकको नाफा ३ अर्ब ४५ करोड, प्रतिसेयर आम्दानी कति ?

७ वैशाख, काठमाडौं । एभरेष्ट बैंकले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकले ३ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो नाफा ३२.५५ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा बैंकले दुई अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.७२ प्रतिशतले बढेर ६ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । तेस्रो त्रैमाससम्ममा बैंकको सञ्चालन आम्दानी पनि ३६.४१ प्रतिशतले बढेर ५ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड रुपैयाँ रहेको यसको छ भने रिजर्भ कोषमा १३ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।

समिक्षा अवधिसम्ममा बैंकको प्रतिसेयर आम्दानी ६।०६ रुपैयाँले बढेर ३५ रुपैयाँ ६१ पैसा कायम भएको छ । गत वर्ष बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ५५ पैसा रहेको थियो । बैंकको प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ४७ पैसा छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आईतवार ११:३१