२५ बैशाख २०८२, बिहीबार | Fri May 9 2025

सिटिजन्स बैंकको नाफा ९६ करोड १८ लाख, ईपीएस कति ?

७ वैशाख, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकले ९६ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको यो नाफा अघिल्लो आवको तुलनामा २०.५९ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म बैंकले १ अर्ब २१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब २६ करोडबाट बढेर ४ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । यद्यपी बैंकको खुद सञ्चालन आम्दानी भने ९.५७ प्रतिशतले घट्दै ३ अर्ब ८१ करोड रुपैयाँमा सीमित बनेको छ । बैंकको चुक्तापूँजी १४ अर्ब ७६ करोड रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको वितरणयोग्य मुनाफा १६ करोड २६ लाख रुपैयाँ पुगेको छ । बैंकको वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी १.६९ रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ११.३७ रुपैयाँबाट घटेर ८.६८ रुपैयाँ रहेको छ । बैंकको नेटवर्थ १५२.७५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आईतवार ११:२१