२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025

एनएमबि बैंकको नाफा २ अर्ब ३७ करोड, प्रतिसेयर आम्दानी कति ?

७ वैशाख, काठमाडौं । एनएमबि बैंकले  चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकले २ अर्ब ३७ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ५.८८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले २ अर्ब २४ करोड १५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको ब्याज आम्दानी १९.१६ प्रतिशतले बढेर ६ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन आम्दानी १०.६६ प्रतिशतले बढेर ३ अर्ब ५६ करोड २२ लाख रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ३१ करोड १९ लाख रुपैयाँ रहेको छ ।

१८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ८९ करोड रुपैयाँ छ । समिक्षा अवधिसम्ममा बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ २३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ८८ पैसा छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आईतवार ११:१२