३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025

विन नेपाल लघुवित्तको एफपीओ तपाइलाई पर्यो कि परेन ? यसरी हेर्नुहोस् नतिजा

७ वैशाख, काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड भएको छ । कम्पनीको एफपीओ आज बिहान धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा बाँडफाँड भएको हो ।

कम्पनीको एफपीओमा कुल १९ लाख २३ हजार ४९० आवेदकबाट २ करोड २१ लाख ७६ हजार ८४० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ । जसमध्ये २ हजार ५२३ आवेदन रद्द भएका छन् भने १९ लाख २० हजार ९३९ आवेदन स्वीकृत भएका छन्।

कम्पनीको एफपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिएको थियो । गोलाप्रथाबाट बाँडफाँड गर्दा ५ हजार १२९ जनालाई १० कित्ताका दरले ५१ हजार २९० सय कित्ता सेयर बाँडफाँड गरिएको छ । बाँकी रहेको १.०५ कित्ता सेयर ३ जना लाई थप वितरण गरिएको छ । जसमध्ये २ जनालाई १–१ कित्ता र १ जनालाई थप ०.५० कित्ता सेयर बाँडफाँड गरिएको छ । बाँकी १३ लाख १२ हजार ४१८ जना आवेदकको हात भने रित्तो भएको छ ।

यी तीन तरिकाबाट हेर्नुहोस् एफपीओ नतिजा

सिडिएसिले आइपीओ हेर्नेका लागि बनाएको बेवासाइट:  https://iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकः https://www.nsmbl.com.np/
मेरो शेयरः https://meroshare.cdsc.com.np/#/login

प्रकाशित मिति : ७ बैशाख २०८२, आईतवार १०:१९