८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

प्राइम कमर्शियल बैंकको नाफा २२.५६ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति ?

७ वैशाख, काठमाडौं । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले २ अर्ब २२ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा २२.५६ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ८७ करोड ८७ लाख रुपैयाँ नाफा रहेको थियो । बैंकको वितरणयोग्य नाफा १ अर्ब ७३ करोड रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.१७ प्रतिशतले बढेर ६ अर्ब ६६ करोड १३ लाख रुपैयाँ पुगेको छ । १९ अर्ब ४० करोड २५ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १० अर्ब ८० करोड ८३ लाख रुपैयाँ छ । हाल बैंकको प्रतिसेयर आम्दानी १५.३२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १६४.६३ रुपैयाँ छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आईतवार १०:२६