८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

लक्ष्मी सनराइज बैंकको नाफा २.२४ प्रतिशतले बढ्यो

७ वैशाख, काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ६५ करोड २१ लख ६३ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २.२४ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ रहेको थियो ।

यो यसअवधिमा बैंकको खुद ब्याज आम्दानी ७.३१ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड ३५ लाख ७३ हजार रुपैयाँ रहेको छ ।अघिल्लो आवको सोही अवधिसम्म बैंकले ८ अर्ब ५१ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो । बैंकको इम्पेयरमेन्ट चार्ज ४ अर्बबाट घटेर ३ अर्ब १९ करोड रहेको छ ।  बैंकको खुद सञ्चालन आम्दानी ९।०५ प्रतिशतले बढेर ७ अर्ब ४ करोड र सञ्चालन मुनाफा पनि १३.३३ प्रतिशतले बढेर २ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।

तेस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा ७७ करोड २७ लाख रुपैयाँ र लाभांश क्षमता ३.१७ प्रतिशत रहेको छ । बैंकको खराब कर्जा अनुपात २.२४ प्रतिशतबाट घटेर २.०७ प्रतिशतमा झरेको छ । समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ०५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ १६ पैसा छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आईतवार ०९:४६