८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

नाफासँगै घट्यो एनआईसी एशिया बैंकको प्रतिसेयर आम्दानी, खुद ब्याज आम्दानी कति ?

७ वैशाख, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले १५ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९१.८१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिसम्म बैंकले ७ अर्ब ९६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.७५ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म बैंकले ८ अर्ब १८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद सञ्चालन आम्दानी ६ अर्ब १४ करोड रुपैयाँ छ । बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ५६ करोड रुपैयाँले ऋणात्मक छ । १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १४ अर्ब ८१ करोड ३० लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य आम्दानी ३ अर्ब ५६ करोड रुपैयाँ ऋणात्मक रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १५ रुपैयाँ ८९ पैसा घटेर १ रुपैयाँ ४० पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २६६।६४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ ३० पैसा रहेको छ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आईतवार ०९:३२