३८.६१ प्रतिशत बढ्यो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा
७ वैशाख, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले ४ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.६१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.५० प्रतिशतले घटेर १० अर्ब ३१ करोड रुपैयाँमा झरेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब ४ करोडबाट घटेर १ अर्ब १९ करोडमा सीमित भएको छ। जसका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो। बैंकको वितरणयोग्य नाफा १ अर्ब १० करोड ४१ लाख रुपैयाँ ऋणात्मक छ । हाल बैंकको चुक्ता पुँज ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ छ । बैंकको जगेडा कोषमा ३० अर्ब ८४ करोड ९४ लाख रुपैयाँ सञ्चित छ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ९४ पैसा बढेर १७ रुपैयाँ ७४ पैसा पुगेको छ। अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.९२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९० रुपैयाँ पैसा रहेको छ।
प्रकाशित मिति : ७ बैशाख २०८२, आईतवार ०९:१५












