धवललाई उपचारका लागि छाड्ने तयारी
५ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर जबरालाई हिरासतबाट छाड्ने तयारी भएको छ । स्वास्थ्य उपचारका लागि राणालाई हिरासतबाट छाड्ने तयारी भइरहेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा राज्य विरुद्धको कसुर अन्तर्गत उहाँलाई प्रहरीले पक्राउ गरेको थियो । करिब तीन महिना भारतमा क्यान्सरको उपचार गरेर गत पुसमा जबरा स्वदेश फर्किनुभएको थियो । राणालाई उपचारपछि कानुनी प्रक्रियामा ल्याउने तयारी छ।
प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार १५:१२