४ कम्पनीले आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डसँग मागे अनुमति
५ वैशाख, काठमाडौं । विभिन्न ४ कम्पनीहरूले आईपीओ निष्कासन गर्ने भएका छन् । प्रभु हेलिकोप्टर, म्याग्दी हाइड्रापावर, माउन्टेन ग्लोरी र वरनावास म्युजियम होटलले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । धितोपत्र बोर्डले अनुमति दिएका यी कम्पनीहरूले आईपीओ निष्कासन गर्नेछन् ।
प्रभु हेलिकोप्टरले १०० रुपैयाँ अंकित दरका ६१ करोड २५ लाख रुपैयाँबराबरको कुल ६१ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिलट रहेको छ।
त्यस्तै, म्याग्दी हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरमा ४७ करोड ४५ लाख रुपैयाँबराबरको कुल ४७ लाख ४५ हजार कित्ता आईपीओ जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।
त्यस्तैगरी, वरनावास म्युजियम होटलले ३९ करोड ६० लाख रुपैयाँबराबरको कुल ३९ लाख ६० हजार कित्ता आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ। यस होटलको आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ। साथै, माउन्टेन ग्लोरीले ४० करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ। कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।
प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार १३:५३