२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

गभर्नर बन्ने निश्चित भएसँगै गुणाकर भट्टले दिए कार्यकारी निर्देशक पदबाट राजीनामा

५ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिनुभएको छ । गभर्नर नियुक्ति हुने निश्चित भएसँगै उहाँले पदबाट राजीनामा दिनुभएको हो । अहिले गभर्नर पद रिक्त रहेको छ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भट्टलाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउने समझदारी भएको थियो।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार १२:३३