२७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026

९ महिनामा पुँजीगत खर्च ३७.५ प्रतिशत

५ वैशाख, झापा ।  जिल्लाको चालु आर्थिक वर्ष को नौ महिनामा पुँजीगत खर्च ३७.५ प्रतिशत भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुसार झापाका लागि पुँजीगततर्फ रु १० अर्ब ७० करोड विनियोजन भएकामा चैत मसान्तसम्म रु चार अर्ब एक करोड ५२ लाख खर्च भएको छ । “चालुतर्फ विनियोजित रु १६ अर्ब १४ करोड ६८ लाखमध्य रु ११ अर्ब १९ करोड ७२ लाख खर्च भएको छ”, उहाँले भन्नुभयो ।

समग्रमा जिल्लाको रु १५ अर्ब २१ करोड २५ लाख १८ हजार खर्च भएको छ । चालु आवको चैत महिनासम्म रु १५ अर्ब २२ करोड ७३ लाख ६० हजार ९११ राजस्व सङ्कलन भएको छ ।

प्रकाशित मिति : 10:37