२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

नेप्सेमा एक कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन

५ वैशाख, काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेमा कम्पनीले जारी गर्न लागेको १ः०.२७ अनुपातको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।

नेप्सेमा भएको सेयरमूल्य समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५१६.६६ रुपैयाँ कायम भएको छ । समायोजनअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६२९.१६ रुपैयाँ कायम थियो । सोही मूल्यको आधारमा आइतबारदेखि दोस्रो बजारमा सेयर कारोबार खुल्नेछ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार ०९:०६