२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

रोजगारीका लागि प्रशिक्षण दिने ह्युवर्टको एडिलेड शाखाको उद्घाटन

एडिलेड । अष्ट्रेलियाको सिड्नीमा रहेको ह्युवर्टको शाखा एडिलेडमा पनि खुलेको छ । साउथ अष्ट्रेलिया सरकारको पुर्व मन्त्री जिङ् ली र साउथ अष्ट्रेलियाका लागि नेपाल सरकारका बाणिज्यदुत दिपक धमलाबाट  एक समारोह विच उद्घाटन गरिएको छ ।

एडिलेडको पिल स्ट्रिटमा रहेको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज रहेको भवनको चौथो तल्लामा रहेको कार्यालयको उद्घाटन गर्द पुर्व मन्त्री लीले निर्देशक रुपक बर्तौलाको काम प्रतिको मेहनत र लगानशिलताले सबैलाई प्रभावित पारेको बताउदै शुरु गरिएको व्यवसायिक सफलताको शुभकामना दिएकी थिईन् ।

कार्यक्रममा बोल्दै साउथ अष्ट्रेलियाका लागि नेपाल सरकारका बाणिज्यदुत दिपक धमलाले साउथ अष्ट्रेलियामा नेपालीहरुको व्यवसाय थपिदै गएकोमा खुशी व्यक्त गर्दै निर्देशक बर्तौला नेपालीहरुका विचमा उदारणिय भएको बताए ।

न्यु साउथ वेल्सका लागि नेपाल सरकारका वाणिज्यदुत संजिव शर्माले भिडियो सन्देश माफर्त ह्युवर्टको एडिलेडमा शुभारम्भको वधाई दिदै व्यवसायी सफलताको शुभ कामना दिएका थिए ।

कार्यक्रममा हिन्दु व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र पाण्डेले विद्यार्थीहरु दिन प्रतिदिन आउने क्रम बढेको सन्दर्भमा ह्युवर्ट उनीहरुको लागि सहयोगी हुने बताए ।

भने ह्युवर्ट अष्ट्रेलियाका संस्थापक निर्देशक गुस साल्हाले ह्युवर्ट दिने सेवाले खास गरि नयाँ विद्यार्थीहरुका लागि रोजगारी खोज्न सजिलो हुने बताए ।

निर्देशक रुपक बर्तौलाले ह्युवर्टले विकसित डिजिटल अर्थतन्त्रमा सफल हुनका लागि प्रशिक्षार्थीहरुलाई  उपकरणहरू, आत्मविश्वास र विश्वव्यापी रूपमा मान्यता प्राप्त प्रमाणपत्रहरूले सुसज्जित गर्ने बताउदै हाल सम्म ह्युवर्टबाट तालिम लिने सबैले जागिर पाउन सफलता पाएको समेत बताए । । उनले प्रशिक्षणहरु मार्फत काम गर्ने सामान्य जनशक्ति मात्र उत्पादन नगरेर व्यक्तिको उनीहरुको करियरलाई गति दिदै व्यवसायहरुलाई समेत बलियो बनाउदै लगेर भविष्य उज्जवल बनाउने प्रयाश गर्ने बताए ।

निर्देशक बर्तौलाले उद्घाटन समारोहमा उपस्थितिहरुलाई धन्यवाद दिदै ह्युवर्टले नवीनता, परामर्श, र रणनीतिक सहकार्य मार्फत विद्यार्थीहरुलाई  भविष्यमा विश्वव्यापी समुदाय संग प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने बताए ।

कार्यक्रममा एडिलेडका नेपाली अगुवाहरु सहित व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार ०५:२६