१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

दुई कम्पनीले आईपीओ निष्कासन गर्ने, कुनको कति ?

४ वैशाख, काठमाडौं । विभिन्न दुई कम्पनीले आईपीओ निष्कासन गर्ने भएका छन् । म्याग्दी हाइड्रोपावर लिमिटेड र माउन्टेन ग्लोरी लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

धितोपत्र बोर्डले अनुमति दिएमा माउन्टेन ग्लोरीले १०० रुपैयाँ अंकित दरमा ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता आईपीओ निष्कासन गर्ने छ । कम्पनीको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै, धितोपत्र बोर्डले अनुमति दिएमा म्यादी हाइड्रोले १०० रुपैयाँ अंकित मूल्य दरको ४७ करोड ४५ लाख रुपैयाँ बराबरको ४७ लाख ४५ हजार कित्ता आईपीओ निष्कासन गर्ने छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार १७:३८