२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

प्रभु हेलिकप्टरले ६१ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्ने

४ वैशाख, काठमाडौं। प्रभु हेलिकप्टर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।

धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ६१ करोड २५ लाख रुपैयाँ बराबरको ६१ लाख २५ हजार कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : 17:22