नेप्सेसँगै बढ्यो कारोबार रकम, दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट
४ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा सुधार आएको छ । बिहीबार नेप्से परिसूचक २६.४९ अंक बढेर २७२२.७३ विन्दुमा पुगेको छ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज ३११ कम्पनीको १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार रुपैयाँ बराबरको २ करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर कारोबार भएको छ। कारोबार अवधिभर ३११ कम्पनीको २ करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर कारोबार भएको छ । यस दिन सबै सूचकमा हरियाली छाएको छ ।
यसदिन नेपाल माइक्रो लाइफ र क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज एनआईसी एसिया डिबेन्चर २०८५र८६ को सेयर मूल्य सर्वाधिक घटेको छ।
कारोबार रकमको आधारमा भने यस दिन हिमालयन पावर पार्टनरको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको १ अर्ब ५८ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भयो ।
प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार १५:२९