१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

अपर तामाकोशीको अध्यक्षमा हितेन्द्र देव शाक्य नियुक्त

४ वैशाख, काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको अध्यक्षमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य नियुक्त हुनुभएको छ ।

कम्पनीको गत चैत २९ मा बसेको २९६औँ बैठकले शाक्यलाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार १२:१७