२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

प्रि ओपन सेसनमा करिब ५ अंकले बढ्यो नेप्से

४ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंकले बढेको छ। अघिल्लो कारोबार दिन बुधबार ७.०१ अंकले बढेर २६९६.२३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.९८ अंकले बढेर २७०१.२२ विन्दुमा पुगेको छ।

बिहीबार प्रि ओपन सेसनमा १२ लाख ६७ हजार ८४४ रुपैयाँबराबरको २ हजार ४१७ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : 11:07