२५ माघ २०८२, आईतवार | Sun Feb 8 2026

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

४ वैशाख, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोली वैशाख ५ गते बुकक्लोज गर्दैछ। यसको अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १ः ०।२७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। इन्स्योरेन्सले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ। इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशनपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार ०९:२७