विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँड मिति तय, सेयर पाउने कति ?
४ वैशाख, काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड हुने मिति तय भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङले कम्पनीको एफपीओ वैशाख ७ गते आइतबार बिहान ८ः३० बजे बाँडफाँड गर्ने तयारी भएको जनाएको छ ।
कम्पनीको एफपिओमा ४५५.९१ गुणा बढी आवेदन परेको छ । यसमा १९ लाख ७४ हजार ७०९ जनाले कुल २ करोड ३३ लाख ८४ हजार ५२० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीको एफपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड हुँदा ५ हजार १२९ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १९ लाख ६९ हजार ५८० जनाको भने हात खाली हुनेछ ।
कम्पनीले चैत २१ गतेदेखि २६ गतेसम्म आम सर्वसाधारणका लागि प्रतिकित्ता १ सयका दरले ५१ हजार २९२ कित्ता एफपीओ निष्कासन गरेको हो ।
प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार ०९:१९