१ जेष्ठ २०८२, बिहीबार | Thu May 15 2025

नेपाल राष्ट्र बैंकको गभर्नर डा गुणाकर भट्ट नियुक्त हुने, नेपाली कांग्रेसले जिम्मा लियो

३ वैशाख, काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नरमा कार्यकारी निर्देशक  डा गुणाकर भट्ट नियुक्त हुनुहुने भएको छ । गभर्नरको चर्चामा रहेका भट्ट बाहेकका नामहरू खरिदबिक्री सहित विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि कांग्रेसका नेताहरूले प्रधानमन्त्रीको खाटमै विचौलिया पुगेको भन्दै भाषण गर्न थालेका थिए ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको एमाले र कांग्रेसका शीर्ष नेताको बैठकमा गभर्नरमा भट्ट नियुक्ति गर्ने र त्यसको जिम्मा नेपाली कांग्रेसले लिने विषयमा सहमति भएको स्रोतले जनाएको छ ।

भट्ट कांग्रेस र एमालेका नेताहरूको बीचमा बनेको समझदारी अनुसार नियुक्त भए राष्ट्र बैंकको १८औँ गभर्नर बन्नुहुनेछ । चाँडोमा आगामी सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गर्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार ००:००