१६ बैशाख २०८२, मंगलवार | Tue Apr 29 2025

रामेछापबाट लुक्ला उडेको जहाज काठमाडौंमा आकस्मिक अवतरण

३ वैशाख, काठमाडाैं । रामेछापबाट लुक्ला जाँदै गरेको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौंमा आकस्मिक अवतरण गरिएकाे छ ।  सीता एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि बुधबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा आकस्मिक अवतरण गरेको हो।

जहाजमा हायड्रोलिक समस्या देखिएपछि काठमाडौंमा अवतरण गराइए हाे । जहाजमा रहेका सबै यात्रुहरू सकुशल रहेको विमानस्थल स्रोतले जनाएकाे छ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार ११:३६