१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025

कांग्रेसले वैशाख १७ मा बोलायो केन्द्रीय कार्यसमिति बैठक

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १७ गते बस्ने भएको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा वैशाख १७ गते दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलवार १७:२८