१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

वाइड बडी जहाज खरिद प्रकरणः बहालवाला र पूर्व मन्त्रीले नैतिक जिम्मेवारी लिए पुग्ने

२३ पुस, काठमाडाैँ । वाइडबडी जहाज खरिद प्रकरणमा सार्वजनिक लेखा समितिले उपसमितिको प्रतिवेदनमा संशाोधन गरेको छ । प्रतिवेदनमा संशोधन गर्दै समितिले  खरिद प्रकरणमा  बहालवाला र पूर्व मन्त्रीहरुले नैतिक जिम्मेवारी लिए पुग्ने उल्लेख गरेको छ ।

नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीको संयोजकत्वमा गठित अध्ययन उपसमितिले पेस गरेको प्रतिवेदन अध्ययनपश्चात् संसदको सार्वजनिक लेखा समितिले पूर्व र बहालवाला मन्त्रीहरुलाई नैतिक जिम्मेवारी लिएर पन्छिने बाटो खुलाइदिएको हो ।

प्रतिवेदनमा सच्चाइएको भाषा

प्रतिवदेनमा बहालवाल पर्यटनमन्त्री रवीन्द्र अधिकारी र दुई पूर्वमन्त्री जीवनबहादुर शाही र जितेन्द्रनारायण देवलाई समेत कारबाही गर्न उपसमितिले सिफारिस गरेको थियो।

 

प्रकाशित मिति : २३ पुष २०७५, सोमबार १२:१९