१४ बैशाख २०८२, आईतवार | Mon Apr 28 2025

ओशिनिया नेपाली स्पोर्टसका लागि साउथ अष्ट्रेलियाबाट सुनम गौतमको नेतृत्वमा क्रिकेट टिम जादै

एडिलेड । एडिलेड नेप्लीज क्रिकेट एशोसिएसन (एन्का)ले अप्रिल १८-२१ मा हुने ओशिनियाका नेपालीहरुको ओलम्पिक मानिने ओशिनिया नेप्लीज स्पोर्टस मिट पर्थमा सहभागी हुन आगामी बिहिवार पर्थ पुग्ने जनाएको छ । एन्का अध्यक्ष विजय जोशीका अनुसार सुनम गौतमको नेतृत्वमा १३ सदस्यीय क्रिकेट टोलीको घोषणा गरिएको हो ।

जोशीले गत ५औ ओशिनिया नेप्लीज स्पोर्टस मिटको विजयी साउथ अष्ट्रेलियाले यस बर्ष समेत जित्ने गरि टिम निर्माण गरेको बताउनु भयो । जोशीले गत महिना सम्पन्न एन्का सुपर लिगका उत्कृष्ट खेलाडीहरुलाई समेटेर टिम निर्माण गरिएको बताउनु भयो  टिममा कप्तान गौतम सहित अनिल खरेल उप कप्तान र गोविन्द कार्की, दीपक क्षेत्री, प्रमेश गिरी, अंकित श्रेष्ठ, अनुप भुसाल, अमित ज्ञवाली, आशिष पोखरेल, सुशन भारी, संगम गौतम, सुवास खकुरेल, संजय खत्री, मनिश खकुरेल रहेका छन् । भने टोलीको संयोजन दिपेन न्यौपानेको रहने भएको छ ।

क्रिकेट पर्थ स्थित ब्रिटानिया रोड रिजर्भ, वेस्ट लिडरभिलमा अप्रिल १८मा शुरु भएर अप्रिल २० मा फाईनल हुने कार्यक्रम रहेको छ ।

स्मरणीय रहोस गत बर्ष नेपालमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल)क्रिकेटमा कप्तान गौतम पोखरा र उपकप्तान खरेल विराटनगरबाट सहभागी भएका थिए ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलवार १६:०४