प्रा.डा. खड्ग केसीलाई त्रिवि उपकुलपतिको जिम्मेवारी
२ वैशाख, काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई दिइएको छ । त्रिविको कुलपति समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिको जिम्मेवारी प्रा.डा. केसीलाई दिनुभएको हो ।
केसीलाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि उपकुलपतिको जिम्मेवारी दिइएको हो । यसअघिका उपकुलपति प्रा.डा. केशरजंग बरालले राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।
प्रकाशित मिति : २ बैशाख २०८२, मंगलवार १६:००