नयाँ वर्षको पहिलो कारोबार दिन नेप्सेमा हरियाली, ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट
२ वैशाख, काठमाडौं । नयाँ वर्ष २०८२ को पहिलो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । मंगलबार नेप्से परिसूचक २७.१४ अंक बढेर २६८९.२२ विन्दुमा बन्द भएको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। गत आइतबार ६ अर्ब २८ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँबराबरको २ करोड १८ लाख ४१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
म्युचुअल फन्ड ०. ०७ र व्यापार ०. ६४ प्रतिशतको गिरावट देखिएको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूह घं ४६ र लगानी समूह २. ७१ प्रतिशतले बढेको छ । बैंकिङ ०. ४८, वित्त १. ५९, होटल तथा पर्यटन १. ९९, जलविद्युत् १. ४७, जीवन बीमा ०. ८१, उत्पादन तथा प्रशोधन १. २२, लघुवित्त ०. ६० र निर्जीवन बीमा समूह १. ०७ प्रतिशतले बढेको छ ।
यस दिन ५ कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। सबैभन्दा बढी बलेफी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९. ९९ प्रतिशतले घटेको छ ।
प्रकाशित मिति : २ बैशाख २०८२, मंगलवार १५:३८