१६ बैशाख २०८२, मंगलवार | Tue Apr 29 2025

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

२ वैशाख, काठमाडौं । नयाँ वर्ष २०८२ को पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि आएको छ । मंगलबार नेप्से परिसूचक २७.१४ अंक बढेर २६८९.२२ विन्दुमा बन्द भएको छ।

आज सबैभन्दा धेरै बलेफी हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २ अर्ब १ करोडको सेयर कारोबार भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको ४२ करोड २२ लाख ३९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । राधी विद्युत कम्पनीको ३६ करोड २२ लाख ८ हजार रुपैयाँ, सिइडिबी होल्डिङको ३२ करोड ७७ लाख ७१ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको ३१ करोड २० लाख ८८ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलवार १५:२९