१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025

आजदेखि ५ रुपैयाँ दरको नयाँ नोट प्रचलनमा

२ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले रुपैयाँ ५ दरको साविककै आकार तथा रङ्गमा, न. ०००००१ देखि ९९९९९९ सम्मको नोट आज वैशाख २ गतेदेखि प्रचलनमा ल्याएको हो।

चलनचल्तीमा ल्याउन लागिएका नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत र नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिस नम्बर नेपालीमा वि.सं.२०८१ लेखिएको छ।

यस अघि मिति २०७७ साल मंसिर १० गतेदेखि रुपैयाँ ५ दर (सिरिज २०२०) व सङ्केत नं. ०००००१ देखि ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनी सूचन गरिएकोमा सङ्केत नं ५ ०००००१ देखि ५६०००० सम्म मात्र चलनचल्तीमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलवार १२:०१