१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा केवी उप्रेती निर्वाचित

२३ पुस, काठमाडाैँ । राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा केवी उप्रेती निर्वाचित भएका छन् । पुस २१ र २२ गते भएको १५ औं वार्षिक साधारणसभाले चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो । उप्रेतीले आफ्ना प्रतिष्पर्धी रमेश घिमिरेलाई भारी मतान्तरले पराजित गर्दै अध्यक्ष पदमा विजयी भएका हुन । उप्रेती ३ हजार ४ सय १५ मत ल्याइ विजयी हुँदा उनका प्रतिष्पर्धी घिमिरेले २ सय ३६ मत ल्याए ।

निर्वाचन समितिका अनुसार अध्यक्ष, कर्णाली प्रदेश र खुला सदस्यमा निर्वाचन भएको हो भने अन्य पदमा भने निर्विरोध भयो । बैंकको अध्यक्ष, खुला सञ्चालक चार, सातजना प्रदेश सञ्चालक र ३३ प्रतिशत महिला सञ्चालक र ३ जनाको लेखा समितिमा नयाँ नेतृत्व आएको हो ।

प्रकाशित मिति : २३ पुष २०७५, सोमबार १२:०६