१४ बैशाख २०८२, आईतवार | Sun Apr 27 2025

अनधिकृत कारोबारबारे तत्काल खबर गरौँः राष्ट्र बैंक

२ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले अनधिकृत कारोबारबारे तत्काल खबर गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकले वित्तीय सचेतनाका लागि आज एक सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो ।

‘खाताबाट अनधिकृत कारोबार भएको थाहा पाउनासाथ कहाँ र कसलाई खबर गर्ने थाहा पाउनुभएको छ रु बैंक तथा वित्तीय संस्थाले ग्राहकको समस्या सुन्न र आवश्यक समाधानका लागि टोल फ्री नम्बर तथा ग्राहकको सहयोगको लागि कर्मचारीहरू ‘कस्टमर सपोर्ट टिम’ को व्यवस्था गरेका हुन्छन् । कुनै अनधिकृत कारोबार भएको थाहा पाउनासाथ तत्काल त्यस्तो नम्बर र इकाईमा खबर गर्नुपर्दछ । ’ राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

साथै, आफूले कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरूको आपतकालीन सहयोगको लागि सम्पर्क नम्बरहरु थाहा पाइराख्न समेत राष्ट्र बैंकले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलवार १०:३२