१०० रुपैयाँमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?
२ वैशाख, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले केही संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि संस्थापक सेयरधनीहरुको नाममा रहेको ८ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ ।
सो सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले नक्सालमा रहेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा न्यूनतम १ लाख २५ हजार कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ। । लगानीकर्ताले के–कति दरमा खरिद गर्ने हो उल्लेख गरी वैशाख ९ गतेसम्म आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
साथै, तोकिएको समयभित्र उक्त सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।
प्रकाशित मिति : २ बैशाख २०८२, मंगलवार ०९:४२