२६ फाल्गुन २०८२, मंगलवार | Wed Mar 11 2026

२०८२ सालमा ८८ दिन सार्वजनिक बिदा

१ वैशाख, काठमाडौं । नयाँ वर्ष २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा परेको छ। नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार २०८२ सालमा ५२ वटा शनिबार परेका छन् भने ३६ दिन विभिन्न चाडपर्व एवं दिवसका बिदा परेका छन्।

दशैंमा सात दिन र तिहारमा पाँच दिन समेत गरी विभिन्न पर्वहरुको बिदा २८ दिन हुने छ । यसैगरी, अन्तर्राष्ट्रिय मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, शहीद दिवस, प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवस गरी ६ दिन देशभर सार्वजनिक बिदा हुनेछ । यसबाहेक स्थानीय पालिकाले स्थानीय चाडपर्वका लागि थप बिदा दिन सक्नेछन्।

हेर्नुहोस् २०८२ सालको बिदाः

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार १०:४१