१६ बैशाख २०८२, मंगलवार | Tue Apr 29 2025

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सेयर बिक्री गर्ने, न्यूनतम मूल्य कति ?

१ वैशाख, काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले केही कित्ता संस्थापक समूहको सेयर बिक्रीमा राख्ने भएको छ । बैंकले वैशाख २ गतेदेखि संस्थापक सेयरधनीहरुको नाममा रहेको ८ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राख्न लागेको हो । बिक्रीमा राखिने सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

बिक्रीमा राखिने सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ । इच्छुक संस्थापक सेयरधनीहरुले नक्सालमा रहेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा के–कति दरमा खरिद गर्ने हो उल्लेख गरी वैशाख ९ गतेसम्म आवेदन दिनुपर्नेछ। लगानीकर्ताले न्यूनतम १ लाख २५ हजार कित्ताका लागि आवेदन दिनुपर्ने छ ।

साथै, तोकिएको समयभित्र उक्त सेयर खरिदका लागि कुनैपनि आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार ०९:५१