१४ बैशाख २०८२, आईतवार | Sun Apr 27 2025

हेटौंडा अस्पतालमा भएको तोडफोडको राष्ट्रिय युवा संघद्धारा विरोध

३१ चैत, काठमाडाैँ । नेकपा (एमाले ) निकट राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश कमिटीले हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत चलेको हेटौंडा प्रादेशिक अस्पतालमा राजावादी र काँग्रेस कार्यकर्ताले गरेको तोडफोडका विरुद्ध घोर निन्दा र भर्षना गरेको छ।

संघका बागमती प्रदेश अध्यक्ष राजु तिवारी द्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा उक्त कार्यमा संलग्नलाई कार्बाही गर्न प्रशासनसगँ माग गरिएको छ।

आईतबार दिउँसो केही काँग्रेसी र केही राजावादी युवाहरुले अस्पतालमा गएर मदन भण्डारीको नाम मेट्न खोजेपछि एमाले र युवा संघ थप आक्रामक भएको छ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आईतवार २२:५४