१४ बैशाख २०८२, आईतवार | Sun Apr 27 2025

एमालेको वनभोजमै दुई प्रमुख अतिथि, बोल्न नपाएपछि श्याम बस्नेत कुलेलम

३१ चैत, काठमाडौँ । नेकपा (एमाले)को नुवाकोट काठमाडौँ सम्पर्क मञ्चको वनभोज कार्क्रममा प्रमुख अतिथि नै दुई जना भएको छ । शनिबार काठमाडौँको टोखा नगरपालिकाको भुतखेल चौरमा झण्डै ७० जना भन्दा बढीको उपस्थितिमा भएको वनभोजमा प्रमुख अतिथि दुई जनालाई बनाइएको हो ।

बनभोजमा अन्तिम समयसम्म भुतखेलमा रहेको टोलीको सामूहिक तस्बिर ।

पूर्व निर्णय अनुसार एमाले केन्द्रीय सदस्य समेत रहुनभएको नुवाकोट इन्चार्ज केशवराज पाण्डे प्रमुख अतिथि हुनुभयो । उहाँले सम्पर्क मञ्चको विभिन्न गतिबिधिको बितरण गरिने प्रमाणपत्रमा प्रमुख अतिथिकै हैसियतामा हस्ताक्षर समेत गर्नुभयो ।

पहिलो प्रमुख अतिथि केशवराज पाण्डेले हस्ताक्षर गरेको प्रमाणतत्र बितरणपछि सामूहिक तस्बिर कैद गराउँदै दोस्रो प्रमुख अतिथि लालबाबु पण्डित ।

उद्घोषक मञ्चका सचिव रामेश्वर भण्डारीले पटक पटक प्रमुख अतिथि केशवराज पाण्डे रहनुभएको र उहाँ अन्तिम समयसम्मसँगै रहने घोषणा गरिरहनुभयो । तर पछि बीचैमा एमाले स्थायी कमिटी सदस्य एवं सम्पर्क समन्वय इन्चार्ज लालबाबु पण्डित आइपुग्नुभयो । त्यसपछि पाण्डेको प्रमुख अतिथिको जिम्मेवारी पण्डितमा हस्तान्तरण भयो । पण्डितले अफ्ठेरै नमानी केशवराज पाण्डेले प्रमुख अतिथि भनेर हस्ताक्षर गरेको प्रमाणपत्र सहभागीहरूमा हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा दुबै प्रमुख अतिथिसहितको सहभागीको तस्बिर ।

जसले दोस्रो प्रमुख अतिथि ल्याए बोल्न नपाएपछि उनै वनभोज छाडेर भागे 

पण्डित प्रमुख अतिथि भए लगत्तै दुई वटा क्यालेन्टर हातमा लिएर आफ्नो स्थायी कमिटीका सदस्यहरू सहित यसअघि प्रमुख अतिथिको भूमिकामा रहनुभएको पाण्डे आफ्नो बाटो लाग्नुभयो । त्यसछि पाण्डितले भाषण गर्न थाल्नुभयो । पण्डितको भाषण सुरू हुने बित्तिकै एमाले सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेत कुलेलम ठोक्नुभयो । सञ्चालक भण्डारीले आसन ग्रहण लगत्तै पण्डितलाई बोल्न बोलाएपछि बस्नेत आफ्नो काम छ भन्दै कुलेलम ठोक्नुभएको हो । त्यसपछि पण्डित कार्यक्रममा बस्नुभएको थियो ।

पहिलो प्रमुख अतिथि केशवराज पाण्डे मन्तव्य राख्दै ।

नुवाकोट काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष कृष्ण तामाङले प्रमुख अतिथि पाण्डेलाई बनाइसकेको र कार्यक्रम सुरू भैसकेको जानकारी गराउनुभएको थियो । तर सानो कुरामा खेल्ने र समस्या परेपछि झ्यालैबाट भाग्ने बानी बनाउनुभएको बस्नेतले पण्डितलाई बनभोजमा ल्याएर प्रमुख अतिथि बनाएरै छाड्नुभो । अन्तिममा आफैँले बोल्न नपाएपछि भने कुलेलम ठोग्नुभयो ।वनभोजमा जम्मा २५० रूपैयाँ तिरेर खाजा र खाना खाने व्यवस्था मिलाइएको थियो ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आईतवार २१:१३