एमालेको ओरालो यात्रामा बिद्याले ब्रेक लगाउने, अध्यक्षका लागि तयार रहेको सन्देश प्रवाह
३१ चैत, काठमाडौँ । नेकपा (एमाले)को ओरालो यात्रामा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले ब्रेक लगाउने हुनुभएको छ । नेपालखबरको सीताराम बरालसँगको भिडियो संवादमा एमालेको पूर्व उपाध्यक्ष समेत रहुनभएको भण्डारी एमालेको आगामी महाधिवेशनपछि आफू नेतृत्वमा आउन तयार रहेको जानकारी गराउनुभयो ।
कार्यकर्ता पंक्तिमा आफूलाई अध्यक्ष बनाउने विषयमा छलफल र बहस भएको स्वीकार गर्दै उहाँले आफू नेतृत्वको लागि रेडी भएको बताउनुभयो । केपी शर्मा ओली नेतृत्वको समूहले तपाईको पक्षमा खुल्नेहरू माथि कारबाही गर्लान नि भन्ने प्रश्नमा भावि नेतृत्वको पक्षमा लाग्ने कार्यकर्ताले त झन अवसर पाउनुपर्ने बताउनुभयो ।
पछिल्लो समय भण्डारी राजनीतिमा फर्किने चर्चाकै बीच एमालेले जनसंगठनको नेतृत्व ओली समूहले कब्जामा लिने नीति लिएको छ । जसका लागि ओली बालुवाटारमै पादधिकारी नियुक्ति गर्ने र जनसंगठनको महाधिवेशनको हलमा ओलीका प्रतिनिधिले घोषणा गर्ने र आफैँ ताली पिटेर फर्किने गरिरहेका छन ।
पछिल्लो समय बा ब्राण्डिङको नाममा ओली बोलियो र एमाले कमजोर बन्दै गएको छ । पार्टीका शीर्ष नेताहरूनै बा ब्राण्डिङमा लागेर पार्टी बलियो भन्दा व्यक्ति बलियो बनाउने अभियानमा लाग्दा पार्टी र नेतृत्व दुबैको छवि ओरोलो यात्रामा रहेको छ ।
भण्डारीसँगको कुराकानी तल भिडियोमा हेर्न र सुन्न सक्नुहुन्छ ।
प्रकाशित मिति : ३१ चैत्र २०८१, आईतवार २०:२३