पियोर इनर्जीको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ अपडेट
३१ चैत, काठमाडौं । पियोर इनर्जी लिमिटेडको आइपीओमा १ अर्ब ७५ करोड ३१ लाख ६० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज चैत ३१ गते साँझ ५ः०० बजेसम्ममा १४ लाख ८३ हजार ६३५ जनाले १ करोड ७५ लाख ३१ हजार ६०० कित्ताको लागि आवेदन दिएका छन् । यो मागभन्दा १४.६६ गुणा बढी हो ।
कम्पनीले चैत २८ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर बिक्री खुला गरेको हो । सर्वसाधारणले यस आइपीओमा वैशाख २ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : ३१ चैत्र २०८१, आईतवार १७:४९