१६५ रुपैयाँमा सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?
३१ चैत, काठमाडौं। सप्तकोशी डेभलपमेन्ट बैंकले केही संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम प्रतिकित्ता मूल्य १६५ रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनी तथा आम सर्वसाधारणले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि वैशाख ८ गतेसम्ममा आवेदन दिन सक्नेछन् ।
प्रकाशित मिति : ३१ चैत्र २०८१, आईतवार १२:०६